काठमाडौं: आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ । देवीका मन्दिरहरुमा आज पनि बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो छ। काठमाडौं उपत्यकाका भद्रकाली, नक्शाल, मैतीदेवी, दक्षिणकाली, गुह्यश्वरी लगायतका शक्तिपीठहरुमा लामबद्ध भएर पूजा गरिरहेका छन्।
मन्दिर नजानेहरू आफ्नै दशैं घर वा पूजा कोठामा देवीको पूजा आराधना गर्दछन्। धर्मशास्त्रका जानकार डा। वासुदेवकृष्ण शास्त्रीका अनुसार कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ। यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहरूबाट हुने बिघ्नबाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक वचन छ।
कात्यायनीको उपासनाबाट रोग, शोक, सन्ताप, भय आदि नष्ट हुने धार्मिक विश्वास रहेको डा. शास्त्री बताउँछन्।
Facebook Comments Box