बझाङ : धनगढीबाट बझाङ आउँदै गरेको कर्णाली रिभर यातायातको १९८३ नम्बरको बस आज विहान ठूलो दुर्घटनाबाट बचेको छ।
जयपृथ्वी नगरपालिका ७ सुबेडा खड्केतोला नजिकै बस स्लिप खाएर भिरमा अड्केको हो। सो ठाउँमा फराकिलो सडक नहुँदा अहिले यातायात समेत ठप्प रहेको छ । बस निकाल्ने प्रयास भइरहेको र मेसिन आएपछि बस तानेर मात्र राजमार्ग सुचारु हुने बताइएको छ।
Facebook Comments Box