काठमाडौं: नेपालका लागि इजरायली राजदूत हनान गोडेरले प्यालेस्टिनी चरमपन्थी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी जारी रहेको बताएका छन् ।
जोशी सहितका अवोध नागरिकहरुलाई हमासले नियन्त्रणमा लिएको भन्दै उनले उनीहरुलाई मुक्त गर्न आह्वान गरे ।
हमासको कब्जामा परेका जोशी कहाँ छन् भन्ने थाहा नभएको उनको भनाइ छ।
´हामीले जोशीको खोजी जारी राखेका छौं,’ राजदूत गोडेरले आज काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै भने।
त्यसैमा थप्दै उनले भने, ‘उनी कुनै पनि टक्कर (कोलिसन) सँग आवद्ध नरहेको स्पष्ट पार्दै अन्तर्राष्ट्रिय स्तरमा समुदायलाई खोज्न आग्रह गरिरहेका छौं र आतंककारीलाई पनि उनी लगायत कब्जामा रहेका अबोध नागरिकलाई छोड्न आग्रह गरेका छौं ।’
Facebook Comments Box