एजेन्सी: भारतको पश्चिमी राज्य गुजरातमा गरबा नृत्य कार्यक्रमका क्रममा हृदयघातका कारण १० जनाको ज्यान गएको छ।
नवरात्रीको अष्टमीको राति गरबा नृत्य हुने गर्दछ। नृत्यकै क्रममा १० जनाको हृदयघातका कारण ज्यान गएको एनडीटीभी हिन्दीले जनाएको छ। मृतकहरू किशोर अवस्थादेखि मध्यम उमेरका व्यक्तिहरू छन्।
सरकारले गरबा नृत्य कार्यक्रममा ‘अलर्ट’ जारी गरेको छ र आयोजकलाई मानिसहरू अस्वस्थ भएमा अस्पतालमा लैजान एम्बुलेन्स उपलब्धतको सुनिश्चित गर्न भनेको छ। गरबाको परम्परागत गुजराती नृत्य नवरात्रि उत्सवको प्रमुख विशेषताहरू मध्ये एक हो, यो नृत्य नौ रातसम्म मनाइन्छ।
Facebook Comments Box