काठमाडौं : धुवाँ र तुवालोका कारण ४ दिनदेखि उडान बन्द रहेको पोखरा विमानस्थल सञ्चालनमा आएको छ। धुवाँ र तुवालो कम भएसँगै बिहिबार बिहानदेखि जहाजले उडान थालेको बुद्व एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए।
यसअघि धुवाँ र तुवालोका कारण २ दिन आंशिक र २ दिन पुर्णरुपमा उडान बन्द भएका थिए। मौसममा सुधार आएसँगै बिहानैदेखि उडान सुरु गरिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
Facebook Comments Box