काठमाडौं – नेपाली काँग्रेसले आज (बुधबार) देखि घोषणा पत्र लेख्न थाल्ने भएको छ । अहिलेसम्म काँग्रेसले सुझाव सङ्कलन गरेको थियो ।
०७४ मा पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता, विज्ञहरू र सर्वसाधारण जनताबाट काँग्रेसले घोषणा पत्रका लागि सुझाव लिएको थियो । काँग्रेसले महामन्त्री गगनकुमार थापाको नेतृत्वमा घोषणा पत्र बनाउँदै छ ।
यसपालि काँग्रेसले स्थानीय स्तरबाट पनि प्रतिबद्धता पत्र तयार गरी सार्वजनिक गर्ने तयारी गरेको छ । उम्मेदवारका भिन्नै र पार्टी समितिबाट भिन्नै प्रतिबद्धता पत्र हुनेछन् । काँग्रेसले शिक्षा, स्वास्थ्य, रोजगारलगायतका विषयलाई प्राथमिकताका साथ घोषणा पत्रमा समावेश गर्ने तयारी गरेको छ ।
Facebook Comments Box