बैतडी: बैतडीमा भीरबाट लडेर एक जना पुरुष गम्भीर घाइते भएका छन्। जिल्लाको सिगास गाउँपालिका–२ कोटिलाका ५० वर्षीय हिरा धामी बुधवार साँझ भीरबाट लडेर गम्भीर घाइते भएका हुन् ।
परिवार स्रोतका अनुसार हिरा वडा नम्बर २ कै खोल्टेबाट घर फर्किरहेका बेला साँझ गाजरी–धौलाडी भित्री सडकबाट लडेका थिए। लडेर घाइते भएका उनको टाउको, घाँटी र घुँडामा चोट लागेको बताइएको छ।
भीरबाट लडेर गम्भीर भएका उनलाई उपचारको लागि धनगढी लगिएको छ।
Facebook Comments Box