कैलाली : कैलालीको चौमालामा मोटरसाइकलको ठक्करबाट एक वृद्धा गम्भीर घाइते भएकी छन्। गौरीगंगा नगरपालिका–२ झिल बस्ने ७३ वर्षीया पावनीदेवी साउद घाइते भएकी हुन्।
उनलाई सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो। साउदलाई उपचारका लागि धनगढी पठाइएको छ। ठक्कर दिने मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box