कञ्चनपुर: कञ्चनपुरका उदयमान कवि प्रचण्ड भाष्कर कलौनी (गुणाकर) को २९ वर्षको उमेरमा निधन भएको छ। विगत एक वर्षदेखि घाँटीको क्यान्सर रोगबाट ग्रसित कवि प्रचण्ड भाष्करको गएराति भीमदत्त नगरपालिका–१७ मझगाँउस्थित आफ्नै निवासमा निधन भएको हो।
क्यान्सरबाट ग्रसित भएपछि उनको काठमाडौँ र भारतको दिल्लीसहित विभिन्न ठाउँका अस्पतालमा उपचार गरिएको थियो। उनको उपचारका लागि आर्थिक सहयोग समेत संकलन भइरहेको थियो।
बैतडीको शिवनाथ गाउँपालिका– २ शर्मालीमा जन्मिएका प्रचण्ड उच्च शिक्षाका लागि कञ्चनपुर आएका थिए। छोटो समयमै डोट्याली र नेपाली भाषाका कविता लेखेर उनी विभिन्न मञ्चमा वाचन गर्थे।
Facebook Comments Box