बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकामा आज शोक बिदा दिइएको छ। गाउँपालिकाका पूर्व अध्यक्ष उकेन्द्रबहादुर बोहराको निधन भएकाले आज शोक बिदा दिइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै गाउँपालिकाको संस्थापक अध्यक्षको रुपमा बोहराले पुर्याएको योगदान सधैं जिवन्त रहने उल्लेख गरिएको छ।
क्षयरोगबाट पीडित पूर्व अध्यक्ष बोहराको उपचारका क्रममा बिहीबार बिहान सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। डिलाशैनी गाउँपालिका -३ घर भएका ४५ वर्षीय बोहराको असोज २९ गते स्वास्थ्यमा समस्या आएपछि डडेल्धुरा हुँदै सेती प्रादेशिक अस्पताल लगिएको थियो।
Facebook Comments Box