बझाङ : बझाङको एक आधारभुत स्वास्थ्य केन्द्रमा तोडफोड गरेको आरोपमा सुर्मा गाउँपालिका -२ का १४ वर्षीय अजय बोहरा पक्राउ परेका छन् ।
उनले वेलुन बनाएर उडाउनका लागि कण्डम चोर्न तोडफोड गरेको बताएको प्रहरीले जनाएको छ ।
उनले बयानमा अन्य चिजहरु केही नगरेको तर तीन पाकेट कण्डम चोरेर बेलुनको रुपमा उडाएर मनोरञ्जन लिएको बताएका छन् ।
सार्वजनिक सम्पत्ति तोडफोड गरेकाले उनलाई कानुन अनुसार कार्बाही गरिने बझाङ प्रहरी प्रमुख तथा डिएसपी भरत शाहले बताए ।
सम्बन्धित समाचार
बझाङमा राति हेल्थपोष्ट फोडेर तीन बट्टा कण्डम चोरी
Facebook Comments Box