दार्चुला : दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको महाकाली नगरपालिका- ४ खलंगा स्थित शिबनगर फिल्ड नजिक महाकाली नदी किनारमा पुरुष मृत अवस्थामा फेला परेको हुन्।
महाकाली नदीको किनारमा मृत फेला पर्ने पुरुष दुहुँ गाउँपालिका-२ हिकिलाका ४५ वर्षीय जयराम टमटा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सूचना अधिकारी गोविन्द भण्डारीले जानकारी दिए।
घटनाको बारेमा प्रहरीलाई बेलुकी ४ बजेतिर मात्रै जानकारी प्राप्त भएपछि अहिले प्रहरी टोली घटनास्थलमा रहेको बताइएको छ। मृत भेटिएका पुरुषको साथमा बाल्टीमा कपडा समेत भेट्टिएको छ।
उनी महाकाली नदीमा सरसफाई गर्न गएको हुन सक्ने प्रारम्भीक अनुमान गरिएको छ । घटनाको बारेमा थप अनुसन्धानको लागि प्रहरी निरीक्षक भण्डारीको नेतृत्वमा टोली खटिइएको छ।
Facebook Comments Box