काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार अवधिमा फ्लोरसिट हेर्ने सुविधा बन्द गराएको छ । नेप्सेले धितोपत्र बोर्डको निर्देशन पश्चात वैशाख ७ गते बुधबारदेखि कारोबार समयमा फ्लोर सिट हेर्न नमिल्ने बनाएको हो ।
कारोवार समयमा नै फ्लोर सिटमार्फत कारोवारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेको थियो । अब लगानीकर्ताहरुले कारोबार चलिरहेको समयमा कुन ब्रोकरबाट कुन सेयर कति मात्रामा किनबेच भयो भन्ने विवरण हेर्न पाउने छैनन् ।
बोर्डले बजार संचालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकुल नहुने गरी उक्त विवरण कारोवार समय पश्चात प्रवाह गर्ने व्यवस्था गर्न नेप्सेलाई निर्देशन दिएको थियो । जस अनुसार बजार बन्द भएपछि मात्र फ्लोरसिट विवरण हेर्न मिल्ने नेप्सेले जनाएको छ ।
Facebook Comments Box