धनगढी: धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा करार समूहतर्फ कार्यरत डा. अमृत जैशीको अवैध डेन्टल रहेको पाइएको छ। धनगढीमै जैशीले अवैध रुपमा डेन्टल खोलेर सञ्चालन गरेको पाइएको हो।
धनगढीको राष्ट्र बैंक चोक नजिकै संजिवनी अस्पतालसँगै जैशीको डेन्टल केयर छ। उनले केही समय अवैध रुपमा सो डेन्टल चलाएर अहिले बन्द अवस्थामा राखेका छन्। डेन्टल सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ। तर, जैशीले अनुमति बिना डेन्टल चलाएको खुलेको हो।
जैसीले आफूहरु दर्ता र अनुमति लिने प्रक्रियामै रहेको र स्वास्थ्य कार्यालयले अनुमती दिन ढिलाइ गरेको बताए। उनका अनुसार अनुमतिका लागि १ वर्ष कुर्दा पनि फाइल कार्यालयमा थन्किएको छ।
उता स्वास्थ्य कार्यालय कैलालीले भने अनुमती दिनेबारे अध्ययन हुने र तत्पश्चात निर्णय लिइने जनाएको छ।
Facebook Comments Box