काठमाडौं : इजरायलले ७ अक्टोबरमा इजरायलमाथि आक्रमणको योजना बनाउन सहयोग गर्ने हमास कमाण्डर मारिएको जनाएको छ।
इजरायली सेनाले आफ्नो लडाकु विमानको आक्रमणमा हमास एरिएल आरे प्रमुख असेम अबु रकबा मारिएको दाबी गरेको हो। इजरायली सेनाले उनी युएभी, ड्रोन तथा प्याराग्लाइडिङबाट इजरायलमा गरिएको आक्रमणको प्रमुख योजनाकार रहेको बताएको छ।
यसअघि पनि उनी इजरायली भूमिमा आश्चर्यजनक आक्रमणमा सक्रिय रहेको बताइएको छ। इजरायलको यो दाबीबारे हमासले कुनै प्रतिक्रिया जनाइसकेको छैन।
यसैबीच अमेरिकाको न्युयोर्कस्थित ग्राण्ड सेन्ट्रल स्टेशनमा इजरायल हमास युद्धविरोधी प्रदर्शनमा सहभागी भएका २ सयभन्दा बढी गिरफ्तार भएका छन्।
जेविस भ्वाइस फर पीस नामको संस्थाले आयोजना गरेको प्रदर्शनमा सहभागीले तत्काल युद्धविराम गर्न र प्यालेस्टाइनीहरुलाई स्वतन्त्रतापूर्वक बाँच्न दिन माग गरेका थिए।
Facebook Comments Box