काठमाडौं : नेकपा एमाले नेता तथा पुर्व उपसभामुख भोजराज जोशीको स्वास्थ्य अवस्था बुझ्न एमाले सचिव तथा कर्णाली ईन्चार्ज लेखराज भट्ट भारत पुगेका छन् ।
उपचारार्थ जोशीको स्वास्थ्य अवस्था बुझ्न सचिव भट्ट भारतको उत्तराखण्ड राज्यको खटिमास्थित प्रयास अस्पताल पुगेका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि जोशी भारत पुगेका थिए ।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार अहिले जोशीको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।
Facebook Comments Box