काठमाडौँ : नेपाल प्रहरीका २२ जना अधिकारीहरू हाजिर हुन नआएको पाइएको छ। यसरी सम्पर्कमा नआउनेमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म रहेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार हाजिर हुन आउने बारेको सूचना प्रकाशित गरेको छ। उनीहरूलाई सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ दिन भनिएको छ। हाजिर नभए सेवाबाट हटाइने बताइएको छ।
Facebook Comments Box