नयाँदिल्ली : भारतको आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा दुई ओटा यात्रुवाहक रेल एकआपसमा ठोक्किएका छन्। रेल दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब ४० यात्रु घाइते भएका छन्।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। मृतकका लागि क्षतिपूर्ति घोषणा गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
सो दुर्घटनामा पर्ने रेलहरुमा ०८५३२ विशाखापट्टनम– पलासा यात्री र ०८५०४ विशाखापट्टनम– रायगडा यात्री विशेष रहेको रेलवेले जनाएको छ।
Facebook Comments Box