कैलाली: लागुऔषधको कारोबारी तथा प्रयोगकर्ताले भरिएको कैलालीबाट फेरि चारजना समातिएका छन्।
टीकापुर नगरपालिका–९ खक्रौलास्थित सडकबाट ९९० मिलिग्राम ब्राउन सुगरसहित टीकापुर नगरपालिका वडा न १ का २२ वर्षीय नरेश रावल र २४ वर्षीय प्रदीप भण्डारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी कालाकुण्डाबाट प्रहरी नायव निरीक्षक राजेन्द्र कुमालको नेतृत्वमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
यस्तै भजनी नगरपालिका–२ गौनियाबाट एक ग्राम १९० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित सोही नगरपालिका–१ का २६ वर्षीय तपेन्द्र बोहरा समेत दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। से७ प १०१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो।
पक्राउ परेकामाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयय कैलालीले जनाएको छ। कैलालीमा सधैंजसो लागुऔषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ पर्ने गर्छन्। तर, प्रहरी तथा अन्य सरोकारवाला निकाय भने युवाहरुमा बढ्दै गइरहेको कुलत र दुव्र्यसनीलाई रोक्न हालसम्म सफल भएको छैन।