काठमाडौँ: आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्र्गत आज भइरहेको उद्घाटन खेलमा नेपालले सिङ्गापुरविरुद्ध पहिला फिल्डिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा अहिले भएको टसमा सिङ्गापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए। तर, सिंगापुरले लगातार विकेट गुमाउन पुगेको छ।
सिंगापुरले ११ ओभरमा ७५ रन जोड्दा आफ्ना ५ विकेट गुमाएको हो। उसका लागि सर्वाधिक रन बनाएका रोहन रङ्गराजा ४६ रनमा आउट भएपछि क्रिजमा आएका अमर्त्या कउल पनि शुन्य रनमा आउट भए।दशौं ओभरमा पूर्वकप्तान सन्दीप लामिछानेले पाचौं विकेट लिएका हुन्। लामिछानेले १०।२ ओभर जनक प्रकाशलाई आउट गरेका छन्। त्यसअघि सिंगापुरका सुरेन्द्र चनद्रमोहन सन्दीप लामिछानेको बलमा ६ रनको अवस्थामा आउट भएका थिए।
लगतै अर्को ओभरमा रोहन रङ्गराजनलाई ४६ रनमा आउट भए। उनलाई गुल्सन झाले आउट गरेका थिए। यसअघि ओपनर तथा कप्तान अरित्र दतको विकेट लिएका थिए। सिंगापुरले दोस्रो बलमानै कुनै रन नजोड्दै विकेट गुमाएको थियो।
यद्यपि रोहन रङ्गराजनले उत्कृष्ट इनिङ खेल्दा सिंगापुरले राम्रो सुरुवात दिन भने सफल भयो। उनले २९ बलमा ४६ रन बनाएर खेलेका थिए। उनले ओपनर तथा कप्तान अरित्र दतको विकेट लिएका हुन। सिंगापुरले दोस्रो बलमानै कुनै रन नजोड्दै विकेट गुमायो।