धनगढी : बैतडीमा १८ वर्षीया किशोरीलाई पीडक किशोरले घरमै बोलाएर कुकर्म गरेको पाइएको छ।
पञ्चेश्वर गाउँपालिका-४ लडागाउँ बस्ने १८ वर्षीय पीडकले राति घरमा बोलाएर जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको बैतडीका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।
ती किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति ती किशोरीलाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको भनेर पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो।
सोही उजुरीको आधारमा किशोरलाई गएराति नै प्रहरीले पक्राउ गरिसकेको छ। पीडक र पीडित दुबै दलित समुदायका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ।
Facebook Comments Box