दाङ : दाङमा अस्पतालको शौचालयबाट प्रहरीलाई झुक्याएर भागेका १९ वर्षीय विवेक नेपाली पक्राउ परेका छन्।
घोराही उपमहानगरपालिका–१७ का नेपाली मोवाइल चोरी गरेको अभियोगमा शनिबार पक्राउ परेका थिए।
सोमबार बिहान साढे ९ बजे उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य चेक जाँचको लागि लगिएको थियो।
शौचालय जाने भन्दै उनको हतकडी समेत खोलिएको थियो। पछि उनी प्रहरीलाई छलेर भागेका थिए।
उनी घोराही-१८ नवलपुरको नाला छेउमा लुकेर बसेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।
Facebook Comments Box