कञ्चनपुुर : कञ्चनपुरबाट लागुऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन्।
पुनर्वास नगरपालिका–११ शान्ती टोलका ४७ वर्षीय ऋषि राम कँडेललाई ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्रामसहित सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त टोलीले कँडेललाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उक्त विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box