काठमाडौं : नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दैछन्।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अपराह्न ४ बजे गुटेरेसले सम्बोधन गर्न लागेका हुन्। सभामुखको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुने छ। बैठक सुरु भएसँगै महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूचि छ।
गुटेरेसको सम्बोधन लगत्तै त्यही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने छ । सम्बोधनको संघीय संसद सचिवालयले नियमित बैठकहरुको जस्तै अभिलेख राखिने छ।
Facebook Comments Box