कैलारी : कैलाली कैलारी गाउँपालिकाको ९ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको छ। वडाध्यक्षले गलत विधि प्रक्रिया अनुसार काम बढाएको र वडा कार्यालयको हरेक काममा अनियमितता बढेको भन्दै स्थानीयले नाराबाजीसहित कार्यालयमा तालाबन्दी गरेका हुन्।
स्थानीय कमलसिंह रानाले वडाध्यक्ष खेमराज चौधरीले तालतलैयाको ठेक्का, खानेपानी, सिँचाइ कुलो, उपभोक्ता समिति निर्माण, खानेपानी, विद्युत् विस्तारलगायत गतिविधिमा मनलाग्दी गर्दै आएको बताए।
वडाध्यक्ष खेमराज चौधरी हाल सम्पर्कविहीन छन्। गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले वार्ताको माध्यमबाट समस्या निकास निकाल्ने बताएका छन्।
Facebook Comments Box