धनगढी : डीएसपी भीमलाल भट्टराईमाथि प्रहरीले छानबिन थालेको छ। मादक पदार्थ सेवन गरेर महिलाहरुलाई दुर्व्यवहार गरेको आरोपमा उनीमाथि छानबिन थालिएको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाको प्रमुख रहेका गरेका बेला मादक पदार्थ सेवन गरेर दुर्व्यवहार गरेको उजुरी परेपछि उनीमाथि छानबिन थालिएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए।
कर्णाली प्रदेश प्रहरी कार्यालयले पनि उनीमाथि छानबिन गरिरहेको कडायतको भनाइ छ। उनकाअनुसार केन्द्रबाट पनि छानबिनका लागि समिति बनाउने तयारी छ।
प्रहरी अधिकृतहरुका अनुसार, उनले मादक पदार्थ सेवन गरेर महिला प्रहरीसहित बाहिरका महिलालाई समेत दुर्व्यवहार गरेको उजुरी परेको छ।
उजुरी परेपछि उनलाई निलम्बन गरेर जिल्ला प्रहरी कार्यालय, हुम्लाका प्रमुखको जिम्मेवारी रवीन्द्र खनाललाई दिइएको छ।
२०७७ सालको वैशाख अन्तिममा इलाका प्रहरी कार्यालय, बुटवलको प्रमुख रहेका बेला पनि भट्टराई यस्तै प्रकरणमा कारबाहीमा परेका थिए।
सम्बन्धित समाचार
हुम्लाका विवादित डीएसपी भट्टराई निलम्बित