काठमाडौं: प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका लागि पहलकदमी लिन सरकारसँग आग्रह गरेका छन्।
कन्चनपुरका जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भइसकेकोले उनलाई उद्धार गर्न सरकारले यथाशीघ्र पहलकदमी गर्नुपर्ने उनले बताएका हुन्।
उनले भने, ‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ। कतार सरकारमार्फत कुरा गरेर उनलाई उद्धार गर्न सकिने सम्भावना औंल्याइएका छन्। यो प्रक्रियामा गम्भीर पहलकदमी गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदछु।’
Facebook Comments Box