काठमाडौँ : आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ।
सरकारको वार्षिक कार्यक्रम अन्तर्गत आज अर्थात कार्तिक १७ र १८ गतेसम्म ६–६ महिनाको अवधिमा वर्षमा २ पटक भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत अभियान सञ्चालन गरिएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाले जनाएको छ।
६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ए र र १ देखि ५ वर्ष सम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाइने छ। देशभरका ३२ लाख बालबालिकालाई भिटामिन ए खुवाइने लक्ष्य रहेको छ।
र, जुकाको औषधि ३५ लाख ट्याब्लेट खुवाइने लक्ष्य रहेको छ।
Facebook Comments Box