डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका मेयर भरत जोशीले भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरेका छन्।
उनले आफूले पाउने सुविधावापतको एकलाख रकम जाजरकोट तथा रुकुमपश्चिमका भूकम्प पीडितलाई दिने घोषणा गरेका हुन्।
‘यस दुःखद घटनामा पीडित जनतालाई साथ दिन मैले नगरपालिकाबाट नियमानुसार पाउने सेवा सुबिधा तथा ब्यक्तिगत खर्च कटौती गरि सानो सहयोग स्वरूप १ लाख दिने प्रतिबद्धता व्यक्त गर्दछु’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
Facebook Comments Box