डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकाले भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ। जाजरकोट तथा रुकुमपश्चिमका भूकम्प पीडितलाई सहयोग स्वरुप गाउँपालिकाले एकलाख पचास हजार दिने भएको हो।
पालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सानो सहयोग स्वरुप पालिकाको तर्फबाट एकलाख पचास हजार सहयोग गर्ने जानकारी गराएका हुन्।
गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ। जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जना गरी १३३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। भूकम्पमा परी १४० जना घाइते भएका छन् ।
Facebook Comments Box