काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि टोली परिचालन गरेको छ।
केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल र डा.तोसिमा कार्कीसहित चिकित्सकहरुको दुईवटा टोली उपचारका लागि जाजरकोट तर्फ गएको हो।
साथै, केन्द्रीय सदस्य दीपक बोहराको टोली राहत सामग्री संकलन गरेर जाजरकोटतर्फ गएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
Facebook Comments Box