डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ। जाजरकोट तथा रुकुमपश्चिमका भूकम्प पीडितलाई सहयोग स्वरुप गाउँपालिकाले दुईलाख दिने भएको हो।
जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको उद्धार र राहतको लागि सरकारको कोष मार्फत पालिकाले उक्त रकम सहयोग गर्ने गाउँपालिका–२ का वडाअध्यक्ष मनोज देउवाले जानकारी दिए।
गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ। जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जना गरी १३३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। भूकम्पमा परी १४० जना घाइते भएका छन् ।
Facebook Comments Box