काठमाडौँ : गएराति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट भएको क्षति र प्रभावितहरुको अवस्था बुझ्न सो क्षेत्रमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफू चढेको हेलिकप्टर उद्धारका लागि छोडेर अर्को विमानबाट काठमाडौँ फर्किने भएका छन् ।
साढे २ बजे नेपालगञ्जबाट हवाईजहाज मार्फत काठमाडौँ फर्कन लागेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले जानकारी दिए ।
नेपाली सेनाको हेलिकोप्टरमा जाजरकोट पुगेका प्रचण्डले साथमा दुई सुरक्षाकर्मी र मेडिकल टिम लिएर गएका थिए । हेलिकोप्टरबाट घाइतेलाई अस्पताल पुर्याउनका लागि प्रधानमन्त्री प्रचण्ड आफैँ खटिएका थिए ।
पीडितलाई राहत, उद्धारका लागि निर्णय गर्न भोली बिहान ८ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको प्रेस संयोजक सूर्यकिरणले जानकारी दिएका छन् । प्रचण्ड बिहान भूकम्प प्रभावित क्षेत्रमा पुगेका थिए ।
Facebook Comments Box