डोटीः शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरुका लागि डोटीको बोगटान फुड्सिल गाउँपालिकाले राहत स्वरूप दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
शनिबार गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाद्वारा विज्ञप्ति जारी गर्दै सहयोगको घोषणा गरिएको हो। जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा ठुलो जनधनको क्षति भएको घटनाप्रति पालिकाले दुःख व्यक्त गरेको छ।
Facebook Comments Box