धनगढी : भारतको लखीमपुर- खीरी जिल्लाको सम्पूर्णनगरमा हिन्दु- मुस्लिमबीच दङ्गा भएको छ।
दङ्गापछि त्यस ठाउँमा कर्फ्यु लगाइएको सुदूरपश्चिमका डीआईजी कुमार न्यौपानेले जानकारी दिए।
सम्पूर्णनगर कञ्चनपुरको दक्षिणी सिमावर्ती क्षेत्र हो। हिन्दु र मुस्लिमबीच दङ्गा हुनुको कारण जानकारी नभएको न्यौपानेले बताए।
दङ्गापछि सो स्थानमा नेपालीलाई जान रोक लगाइएको उनको भनाइ छ।
भिडिओसहित:
Facebook Comments Box