सर्लाही : सर्लाहीमा एक जना वडाध्यक्ष जेल चलान भएका भएका छन्। धनकौल गाउँपालिका–५ वडाध्यक्ष गजेन्द्र महतो पुर्पक्षमा कारागार चलान भएका हुन्।
सर्लाही जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले उनलाई पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको हो।
केही महिनाअघि गाउँम भएको कुटपीटको घटनामा महतो समेत संलग्न रहेको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयले कर्तव्य ज्यान उद्योगमा मुद्दा दायर गरेको थियो।
त्यसपछि फरार महतो आज अदालत खुल्ने बितिक्कै आफैं त्यहाँ उपस्थित भएपछि जेल चलान भएका हुन्। उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन्।
उनलाई गौर कारागार, रौतहट चलानको तयारी गरिएको प्रहरीले जनाएको छ।
Facebook Comments Box