बझाङ : बझाङमा भीरबाट लडेर एक जना युवतीको मृत्यु भएको छ । बित्थडचिर गाउँपालिका- ६ का पार्वती स्याँडाको आज दिउँसो खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो।
उनको आज दिउँसो करिब २ बजेतिर घर नजिकैको काचडा भन्ने भीरमा खर काट्ने क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
उनका एक छोरा छन्। योसँगै गत श्रावणदेखि कात्तिक दोस्रो सातासम्म बझाङमा रुख र भिरबाट लडेर चार पुरुष र तीन महिला गरि ७ जनाको मृत्यु भएको छ।
Facebook Comments Box