बैतडी : बैतडीमा भिरबाट लडेर एक किशोर घाइते भएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका २ घमाली बस्ने २० बर्षीय राकेश कार्की लडेर घाइते भएका हुन्।
बुधबार दिउँसो धर्मघरबाट घर जाने क्रममा घमाली भिरबाट लडेर कार्की घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
भिरबाट लडेर २५ मिटर जति तल खसेका कार्कीको भित्री शरीरमा चोट लागेको छ भने खुट्टा र कानमा समेत चोट रहेको छ। उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।
यस्तै जिल्लाको मेलौली नगरपालिका २ चमागाउँकी १६ बर्षीया बिमला चन्द मृत फेला परेकी छिन्।
बुधबार साँझ आफ्नै घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । कक्षा १० मा अध्ययनरत बिमला मृत फेला परेपछि घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए