जाजरकोट: गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि त्यहाँ पराकम्प जाने क्रम रोकिएको छैन। बिहीबार बिहान पनि जाजरकोट र आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको हो।
शुक्रबार गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाले ज्यान गुमाएका छन् भने सयौँ घाइते भएका छन्।
Facebook Comments Box