बैतडी : बैतडीमा देउसी–भैलो राति ९ बजेसम्म मात्रै खेल्न पाइने भएको छ। तिहारको समयमा खेलिने देउसी–भैलो राति ९ बजेसम्म मात्रै खेल्न दिइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।
चाडपर्वको समयमा विभिन्न खालका आपराधिक क्रियाकलाप समेत हुन सक्ने भएकाले देउसी भैलो खेल्दा संयमता अपनाएर खेल्न समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए।
चाडपर्वको बेला कालोबजारी हुन सक्ने भएकाले यसबाट सबैले सचेत रहन प्रशासनले आग्रह गरेको छ। बजार प्रणालीलाई स्वस्थ राख्न म्याद नाघेका सामग्रीहरु विक्रि नगर्न, पटाका, भुईचम्पाजस्ता विस्फोटक वस्तुहरुको विक्री वितरण नगर्न समेत आग्रह गरिएको प्रजिअ पन्थीले बताए।
Facebook Comments Box