काठमाडाैँ- आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । हिजो बुधबार ३६ अंकले घटेको नेप्से परिसूचक आज ४.९४ अंकले बढेको हो । यससँगै परिसूचक २३ सय २५ अंकमा पुगेको छ । यसक्रममा आज १ अर्ब ६२ करोड रुपैयाँ बराबरको ३९ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबार भएका १३ मध्ये ८ समूहमा सुधार आएको छ । जीवन बीमा समूहमा ७४ अंक, अन्य समूहमा ३५ र विकास बैंक समूहमा ३५ अंकको सुधार आउँदा होटल र टुरिजम समूहमा ३० अंकको सुधार आएको छ ।
यीबाहेक, जलविद्युत समूह १० अंकले बढेको छ भने उत्पादनमूलक समूह १३ तथा लघुवित्त समूह ६ अंकले बढ्दा लगानी समूह ०.३४ अंकले उकालो लागेको छ ।
यसैगरी, आज निर्जीवन बीमा समूहमा ८५ अंकको गिरावट आएको छ । यस्तै, व्यापार समूहमा १८ तथा वित्त समूहमा १२ अंकले गिरावट आउँदा बैंक समूह ४ अंकले घटेको छ । आज ग्रिन भेन्चर्स लिमिटेड र जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।