मुगु: मुगु मगुको छायानाथ रारा नगरपालिका६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। घटनाको दुई सातापछि प्रहरीले मुगुको पिना गाउँपालिका–७ का गोर्खबहादुर शाही ठकुरी र गोपाल बोहरालाई पक्राउ गरेको हो।
धनमाल लुटपाटको उद्देश्यले दुईजना मिलेर परिवारकै हत्या भएको प्रहरीले जनाएको छ। दुवैले अभियोग स्वीकार गरेका छन्।
गत जेठ महिनामै शाही र बोहोराले श्रीदेवीको सुन लुटपाट गर्ने योजना बनाएका थिए। कोहलपुर बस्दै आएका शाहीले गाउँमै गएर सो योजना बनाएका थिए।
छायाँनाथ रारा गाउँपालिका–६ मुन्दुगाउँ निवासी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, सात वर्षकी छोरी अप्सरा तथा एक वर्षका छोरा रहरको हत्या भएको थियो । १० कात्तिकमा उनीहरूको शव प्रहरीले फेला पारेको थियो। ८ कात्तिकमा हत्या भएको प्रहरीले जनाएको छ। हत्यापछि शाही र बोहोराले गहना तथा नगद लुटेका थिए।