काठमाडौँ– जाजरकोट भूकम्पमा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरक विष्ट रहेका छन्। उनको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।
योसँगै जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५८ पुगेको छ। एकसाताअघि जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो।
Facebook Comments Box