धनगढीः जुनियर अधिकृत खेमराज पनेरूलाई कृषि ज्ञान केन्द्र डडेल्धुराको निमित्त हाकिमको जिम्मेवारी दिएको सुदूरपश्चिमको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सिनियर अधिकृत तारीसिंह ठकुराठीको सरुवा गर्न अनेक चलखेल गरिरहेको छ।
मन्त्रालय स्रोतका अनुसार ठकुराठीको मन्त्रालयले तरकारी जर्मप्लाज्म सम्बद्र्धन तथा विउ उत्पादन केन्द्रमा सरुवा गर्न खोजिरहेको हो।
राजनीतिक आडमा पनेरूलाई कृषि ज्ञान केन्द्रको निमित्तको जिम्मेवारी दिनुभन्दा अगाडी पनि ठकुराठीलाई विउ उत्पादन केन्द्रमा जान आग्रह गरिएको थियो। तर, ठकुराठीले त्यता जान मानेका थिएनन्।
कृषि मन्त्रालयले कर्मचारीलाई मन्त्रालयमै थन्काएर जुनियर अधिकृतलाई जिल्लामा निमित्त हाकिम बनाइदिएपछि पनेरू विवादमा मुछिएका छन्। ठकुराठी र पनेरु छैठौं तहका कर्मचारी हुन्। र, ठकुराठी सिनियर हुन् भने ज्ञान केन्द्रमै करारमा सातौं तहका तीन कर्मचारी छन्।
‘करारलाई हाकिम बनाउने कुरा हुन्न्। त्यसपछि सिनियर भनेका ठकुराठी सर हुन्। उनलाई पाखा लगाएपछि विवाद बढेकोछ। उनी (ठकुराठी)को सरुवा गरेपछि पनेरू सिनियर अधिकृत हुन्छन्। त्यसैले यस्तो पलान रचिन थालिएको हो,’ ज्ञान केन्द्रका एक कर्मचारीले भने।
सांसद खड्काको चलखेल !
सुदूरपश्चिममा अहिले काँग्रेस नेतृत्वको सरकार छ। त्यसैको फाइदा उठाउँदै छिन्, डडेल्धुराबाट समानुपातिक सांसद बनेकी सरस्वती खड्का।
काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आर्जु निकट रहेकी खड्का सक्ता र शक्तिको पहुँचमा जिल्लामा कर्मचारी सरुवा बढुवामा निकै व्यस्त छिन्। जिल्लाका कार्यालय प्रमुखमा उनी आफू निकटका व्यक्तिलाई ल्याउन खोजिरहेको काँग्रेसकै नेताहरू बताउँछन्।
केही दिन अघि मात्रै सरस्वतीको दबाबमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख देवराज भट्टलाई पनि सरुवा गरिएको थियो। भट्ट विपि काँग्रेसका नेता हरी भट्टका सहोदर दाइ हुन्।
‘खेमराज पनेरूलाई कृषि ज्ञान केन्द्र डडेल्धुराको निमित्त हाकिम बनाउन सरस्वतीको हात छ। पनेरूलाई हाकिम बनाउन उनले ठकुराठीलाई विउ उत्पादन केन्द्रमा जान निकै दबाब दिएकी थिइन्,’ काँग्रेसका एक नेताले भने, ‘ठकुराठीले जान नमानेपछि सरूवा गर्न खोजीएको हो। त्यसैले काँग्रेस बृत्तमै उनीमाथि नेता कार्यकर्ता रूष्ट छन्। र, मन्त्रालयले गरिसकेको सरुवा पनि रोकिएको हो।’
अधिकृत स्तर आठौका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्ट सरुवा भई रमना लिएर गएका थिए। उनी गएपछि अधिकृत स्तर छैटौ तारीसिंह ठकुराठीलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको थियो।
स्रोतका अनुसार ठकुराठीले आफूहरू भन्दा सिनियर कर्मचारी प्रमुखको रूपमा आउनु पर्ने माग गरेका थिए। तर, मन्त्रालयबाट राजनीतिक पावरमा पनेरूलाई निमित्तको जिम्मेवारी दिइसकेको थियो।
त्यसपछि चर्को दबाबमा कात्तिक १२ गते निमित्त कार्यालय प्रमुख ठकुराठीको अध्यक्षतामा बैठक बसी पनेरुलाई प्रशासनिक तथा आर्थिक कारोबार गर्ने जिम्मेवारीको अख्तियारी मागका लागि भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय धनगढी कैलालीलाई अनुरोध गर्ने निर्णय गरिएको थियो।
डडेल्धुरा काँग्रेसका सिनियर नेताहरू ठकुराठीको पक्षमा छन् भने एक्लि सांसद खड्का केही स्वार्थका कारण पनेरुका पक्षमा रहेकी छन्। ठकुराठीको नै अन्त सरुवा गर्ने चलखेल भएपछी कुरो बाहिरिएको हो। सरुवाको प्रयासपछि ठकुराठी लगायत अन्य कर्मचारी समेत पनेरुप्रती रुष्ट भएका छ्न्।
किन बनाइयो जुनियर अधिकृतलाई हाकिम ?
नवाैं वा दशाैं तहको कार्यालय प्रमुख रहने व्यवस्था छ, कृषि ज्ञान केन्द्रमा। तर,छैठौं तहको जुनियर अधिकृतलाई निमित्तको जिम्मेवारी दिइएको छ।
कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी पनि छैनन्। करारमा कर्मचारी राखेर जेनतेन कार्यालय चलिरहेको छ। केही पुराना कर्मचारी हटाउने र केही नयाँ कर्मचारी करारमा राख्ने खेल कार्यालयमा चलिरहेको छ।
तर, सांसद खड्का र कृषि मन्त्री रामेश्वर चाैधरीले आफ्नो मान्छे भर्ती गर्न पनेरूबाट सहज हुने भएकोले उनी रोजाइमा परेका हुन्।
निमित्तको जिम्मेवारी पाउनु अगाडि पनेरु मन्त्री चाैधरी भेट्न धनगढी समेत पुगेका थिए। त्यहाँ उनीहरू बीच केही सहमति समेत भएको स्रोतको दाबी छ।
ज्ञान केन्द्रकै एक कर्मचारीले भने, ´ पनेरू, खड्का र चाैधरीको मान्छे राख्ने सहमति छ। तर, ठकुराठीले सो कुरा अस्विकार गरेका छन्। जसबाट उहाँहरूलाई अफ्ट्यारो पर्ने भएकोले सरुवा गर्न खोजीएको हो। तर, थप विवाद चुलिने भएकोले उहाँको गरिसकेको सरुवा रोकिएको हो।`
सम्बन्धित समाचार
फिल्ड जान्छु भनेर डडेल्धुराका हाकिम गाडीसहित डोटी पुगेपछि…
कृषि ज्ञान केन्द्र फलोअप : जुनियर हाकिमको अण्डरमा काम गर्दै साताैंका तीन कर्मचारी
डडेल्धुरा पठाएन मन्त्रालयले हाकिम, जुनियर निमित्त, सिनियर हेरेको हेर्यै