Author: शेर भण्डारी

भण्डारी महेन्द्रनगर पोष्ट डटकमका डेस्क सम्पादक हुन् । महेन्द्रनगर पोष्टमा काम गर्नुअघि उनले शिलापत्र अनलाइन, ग्यालेक्सी टिभी लगायतमा काम गरिसकेका छन् ।

काठमाडौं: कञ्चनपुर प्रहरीकी ‘विवादित’ इन्सपेक्टर बिनु शाहीका कारण एक प्रहरी जवान मर्नु न बाँच्नुको हालतमा पुगेका छन्। बाजुरामा कार्यरत प्रहरी जवान नरेन्द्र नाथ (नवीन) यस्तो हालतमा पुगेका हुन्। इन्सपेक्टर शाहीले आफ्नो सामाजिक र पेसागत जीवनसहित इज्जत धुलोमाटो पार्ने गरि पीडा दिएको नाथले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। इन्सपेक्टर शाहीको पीडाले आफूले जागिरबाटै हात धोएको पनि नाथले बताए। शाही जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत मुद्दा शाखा हेर्ने प्रहरी निरीक्षक हुन्। तिनै इन्सपेक्टर शाहीले आफूलाई यातना दिने गरेको नाथ बताउँछन्। उनकै कारण आफूले जागिर छोड्नसमेत बाध्य भएको बताए। ‘बिनाकारण मलाई यातना दिएको छ। जागिर छोड्न दबाब आइरहेको थियो,’ उनले भने, ‘जागिर नछाडे अभद्र व्यवहार वा…

Read More

डडेल्धुराः तीनपटक प्रतिनिधि सभाको निर्वाचनमा पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित नेता हुन्, खगराज भट्ट। माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहेका भट्ट यसपटकको संसदीय निर्वाचनमा भने डडेल्धुरा प्रदेश सभा ‘क’बाट चुनाव लडे। बाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भट्टलाई नेकपा एमालेका पठानसिंह बोहराले चुनौती दिएका थिए। तर, काँग्रेसको साथ पाएका भट्ट बोहरालाई हराउँदै प्रदेश सभा सदस्य बने। कुनै समय एक अर्कोका चर्को आलोचक र प्रतिस्पर्धी रहेका देउवा र भट्ट निर्वाचनको समयमा भने एउटै कार्यक्रममा एक अर्काको प्रशंसा गर्नमा व्यस्त देखिन्थे। भट्टको तारिफ सुनेर देउवा पनि मख्ख थिए। डडेल्धुरा सदरमुकाम बसपार्कमा सत्ता गठबन्धनले आयोजना गरेको बृहत् चुनावी आमसभामा देउवालाई नेपाली…

Read More

डडेल्धुरा : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मेयर हेमराज ओझाले कार्यकर्ता भर्ती गर्न खोजेको आरोप लागेको छ। नगरपालिकाले खोलेको हेल्थ असिस्टेन्ट पदमा मेयर ओझाले आफन्त र आसेपासेलाई सिधैं नियुक्ति दिन खोजेको आरोप लागेको हो। नगरले माघ ८ गते हेल्थ असिस्टेन्ट पदको संक्षिप्त सूची सार्वजनिक गरेको थियो। तर, नगरले प्रकाशन गरेको उक्त सूचीलाई लिएर कृष्णपुर नगरपालिका–२ कै वडाध्यक्ष अर्जुन साउदले आपत्ती जनाएका छन्। उनले विधि प्रक्रिया मिचेर आवश्यक योग्यता पुगेका स्थानीय युवालाई साइड लगाएर आर्थिक गन्ध आउने गरि आफन्त र आसेपासेलाई सिधैं नियुक्ति दिन खोज्ने कार्य निन्दनीय भएको बताएका छन्। प्रसंग स्वास्थ्य कर्मचारी भर्ती सम्बन्धमा भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै अध्यक्ष साउदले…

Read More

डडेल्धुरा : देशमा रोजगारीको व्यवस्था नहुँदा लाखौं युवाहरू विदेशीन बाध्य छन्, भने कतिपय स्वदेशमै रोजगारीको खोजीमा भौतारिएका पाइन्छन्। कतिपय बेरोजगार युवाहरूको त चिया पसलमा जाने र दिनभर गफ चुट्ने गर्छन्। भने, कतिपय कुलतमा फसेको समेत पाइन्छ। लाखौं युवाहरू रोजगारीको खोजीमा खाडीको चर्को घाममा पसिना बगाइरहेका छन्। तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का अन्तराम जोशी भने गाउँमै बसेर च्याउखेती गरि मनग्गे आमदानी गरेर उदाहरणीय बनेका छन्।उनले गन्यापधुरामै जोशी कृषि तथा पशुपंछी फर्म च्याउ उत्पादन केन्द्र सञ्चालन गरेका हुन्। उसो त जोशी पनि विदेश नगएका होइनन्। उनी ४ वर्ष मलेसिया बसेर आएको बताउँछन्।  मलेसियाबाट फर्केर युरोप जाने तयारी गर्न उनी काठमाडौं पसे। तर,…

Read More

काठमाडौं : डडेलधुरामा केहीदिन अगाडि तरकारीको विषादीले एउटै गाउँका ७ कृषकमा क्यान्सर र एकजनाको मृत्युको खबर बाहिर आयो। अमरगढी नगरपालिका-११ फिन्नेकोटको उक्त खबर बाहिर आएपछि कृषि ज्ञान केन्द्रले चासो लिएको थियो। त्यसपछि कृषि ज्ञान केन्द्र डडेल्धुराको आग्रहमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला ईकाइ अत्तरिया कैलालीको टिम गत शुक्रबार डडेल्धुरा पुग्यो। उक्त टोलीले अमरगढी नगरपालिका- ५ मा पर्ने बागबजारका सात व्यापारीको पसलबाट तरकारीको नमुना संकलन गरेर लग्यो। जसमा फूलगोभी, टमाटर र केरा छन्। प्राविधिकको अभावमा सञ्चालनमा रहेको प्रयोगशालाले शुक्रबार र शनिबार उक्त नमुना फ्रिजमा राख्यो। र, आइतबार परीक्षण गरेर रिपोर्ट ज्ञान केन्द्रमा पठायो। त्यसपछि आज (सोमबार) ज्ञान केन्द्रले पत्रकार सम्मेलन गर्यो।…

Read More

डडेल्धुरा : डडेल्धुरामा फलफूल प्रशोधन उद्योग सञ्चालनमा आएको छ। जिल्लाको अमरगढी नगरपालिका–३ मा जय घटाल बाबा फलफूल प्रशोधन उद्योग सञ्चालनमा आएको हो। जिल्लाका बिभिन्न स्थानबाट जुनार, अमिलो, कागती सुन्तला जातका मौसमी फलफूलहरु संकलन गरि फलफूल प्लान्टमा प्रशोधनसहित गुणस्तरिय जुस उत्पादन गर्न लागेको उद्योग संचालक गणेशसिंह बिष्ट सेटीले जानकारी दिए। ‘चिल्ली सस, भेनेगर सस, पोटेटो सस, टमेटो सस लगाएतका ७ ओटा आइटम हामी उत्पादन गर्नेछौं। स्थानीय चिजलाई प्राथमिकता दिएर यहाँको स्थानीय ब्रान्डेड चिज खुवाउने हाम्रो लक्ष्य हो,’ उनले भने। करिब एक करोड ७ लाख लगानीमा शुरु भएको फलफूल उद्योगमा कृषि ज्ञान केन्द्र डडेल्धुराको आधा रकम अनुदान र उद्यमीको आधा लगानी थियो।…

Read More

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मटेलाका कृषक अब पोलि हाउस भित्र टमाटर फलाउने भएका छन्। कृषि ज्ञान केन्द्र डडेल्धुराको सहयोगमा यहाँका कृषक पोलि हाउसमा टमाटर फलाउन तम्सिएका हुन्। हिजो (शनिबार) ज्ञान केन्द्रले मटेला गाउँका २६ जना कृषकलाई पोलि हाउसका सम्पूर्ण सामग्री हस्तान्तरण गरेको थियो। मटेला पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको जन्मथलो पनि हो। यहाँका महिलाहरूले निरपाल महिला समूह बनाएर व्यवसायीक कृषिको थालनी गरेका हुन्। कृषक तुलसी देउवाले आफूहरूले ज्ञान केन्द्रमा पोलि हाउस माग गरेको जानकारी दिइन्। उनले पटकपटकको पहल पश्चात् आफूहरुको माग पूरा गराइदिएकोमा ज्ञान केन्द्रलाई धन्यवाद दिइन्। ‘सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवालाई गाउँमा आएको समयमा हामीले सहयोग…

Read More

डडेल्धुराः कोभिडको समयमा भर्ना भएका केही कर्मचारीलाई डडेल्धुरा अस्पताल डडेल्धुराले गत असोजमा अस्पतालबाट निष्कासन गर्‍यो। तरपनि ती कर्मचारीहरू अस्पतालमा गएर काम गरिरहेका थिए। अस्पताल प्रशासनले भने करार सम्झौता सकिएको भन्दै उनीहरूलाई हाजिर लगाउन दिएको थिएन। अस्पताल प्रशासनको यो रबैयाबाट थुप्रै व्यक्ति असन्तुष्ट थिए। अस्पताल प्रशासनमाथि राजनीतिक आँडमा आफू निकटलाई राख्ने र अरूलाई हटाउन खोजेको आरोप थियो। तर, अस्पतालका निमित्त मेसु डा. सन्तोष गुप्ताले भने उक्त समयमा महेन्द्रनगर पोष्टसँग अस्पतालमा कर्मचारी आवश्यक रहेको बताएका थिए। उनले कोभिडको समयमा प्रक्रिया नमिलेकोले कर्मचारी हटाएको बताए। उनले भनेका थिए, ‘अब प्रक्रिया मिलाएर, आवश्यक दरबन्दी अनुसार भर्ना गर्ने हो।’ सोहीअनुसार २३ कार्तिक २०८० मा डडेल्धुरा…

Read More

धनगढीः जुनियर अधिकृत खेमराज पनेरूलाई कृषि ज्ञान केन्द्र डडेल्धुराको निमित्त हाकिमको जिम्मेवारी दिएको सुदूरपश्चिमको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सिनियर अधिकृत तारीसिंह ठकुराठीको सरुवा गर्न अनेक चलखेल गरिरहेको छ। मन्त्रालय स्रोतका अनुसार ठकुराठीको मन्त्रालयले तरकारी जर्मप्लाज्म सम्बद्र्धन तथा विउ उत्पादन केन्द्रमा सरुवा गर्न खोजिरहेको हो। राजनीतिक आडमा पनेरूलाई कृषि ज्ञान केन्द्रको निमित्तको जिम्मेवारी दिनुभन्दा अगाडी पनि ठकुराठीलाई विउ उत्पादन केन्द्रमा जान आग्रह गरिएको थियो। तर, ठकुराठीले त्यता जान मानेका थिएनन्। कृषि मन्त्रालयले कर्मचारीलाई मन्त्रालयमै थन्काएर जुनियर अधिकृतलाई जिल्लामा निमित्त हाकिम बनाइदिएपछि पनेरू विवादमा मुछिएका छन्। ठकुराठी र पनेरु छैठौं तहका कर्मचारी हुन्। र, ठकुराठी सिनियर हुन् भने ज्ञान केन्द्रमै…

Read More

धनगढी : कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख खेमराज पनेरू सरकारी गाडीको चरम दुरुपयोग गरिरहेका छन्। उनले संगठनको कार्यक्रमका लागि ज्ञान केन्द्रको गाडी दुरुपयोग गरेका हुन्। पनेरू ज्ञान केन्द्रको गाडी लिएर संगठनको कार्यक्रममा डोटी पुगेका हुन्। नेपाल निजामती कर्मचारी युनियन प्रदेश कमिटी, सुदूरपश्चिम प्रदेश नेपालले सोमबार कृषि विकास निर्देशनालयको सभाहल डोटीमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम राखेको थियो। सोही कार्यक्रममा सहभागी हुन हाकिम पनेरु ज्ञान केन्द्रको गाडी लिएर डोटी पुगेका थिए। ज्ञान केन्द्रका एक कर्मचारीका अनुसार हाकिम पनेरु फिल्ड जान्छु भनेर हिँडेका थिए। तर, फिल्ड जान्छु भनी गएका कर्मचारी संगठनको कार्यक्रममा डोटी पुगेका थिए। पनेरू नेपाल निजामती कर्मचारी आधिकारिक…

Read More