दाङ : दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-७ हर्नियाका जुगारु चौधरी रहेका छन्।
चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित शनिबार प्रकाउ जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले बताए।
बिहीबार स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला सिकार खेल्न गएका सिकारीले चलाएको गोलीको छर्राले जवान चौधरीको छातीमा लागेर मृत्यु भएको डीएसपी मल्लले बताए।
मृतक चौधरी सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर तौलिहवा कपिलवस्तुमा गणमा कार्यरत थिए।
Facebook Comments Box