पोखरा : गोरखामा घर जलेर आमाछोराको मृत्यु भएको छ। धार्चे गाउँपालिका १ हुल्चुकमा शनिबार राति घरमा लागेको आगलागीमा परेर उनीहरुको मृत्यु भएको वडाध्यक्ष रामसिं गुरुङले जानकारी दिए।
उनका अनुसार ७८ वर्षकी आमा कान्छी गुरुङ र ५३ वर्षका छोरा चनारसिं गुरुङको मृत्यु भएको हो। घर पूर्ण रुपमा जलेर सकिएको छ। जाडोको समयमा आगो ताप्दै घरभित्र सुत्ने उत्तरी गोरखामा धेरैको चलन छ।
उनीहरु पनि आगो ताप्ने क्रममा घटना भएको हुनसक्ने बताइएको छ। घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी पुगिसकेको छ।
Facebook Comments Box