काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले टिकटक बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा द्वेष फैलाउनेलाई पहिचान गर्न आग्रह गर्दै महामन्त्री शर्माले टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक भएको बताएका हुन्।
उनले लेखेका छन्, ‘सरकार स्पष्ट होस्, राज्यले स्वच्छन्दता नियन्त्रण गर्ने हो, स्वतन्त्रता नियन्त्रण गर्ने होइन। सामाजिक(धार्मिक सहिष्णुताको रक्षा समाजको आत्मानुशासन र सरकारको सुशासनले हुने हो। सामाजिक सञ्जाललाई आत्मानुशासनमा कसरी ल्याउने भन्नेबारेमा खुला छलफल गरौँ, तार्किक निष्कर्ष पहिल्याऔँ र पालना गरौँ। टिकटक बन्दको निर्णय अविलम्ब फिर्ता गर।’
महामन्त्री शर्माले गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने कि जोखिमरहित उपचार खोज्ने भनेर प्रधानमन्त्रीलाई प्रश्न पनि गरेका छन्।
Facebook Comments Box