काठमाडौं : सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमा नयाँ बहस सुरु भएको छ।
समाज टिकटकका कारण विभिन्न विकृतिहरु फैलिएको भन्दै केही समयका लागि टिकटक बन्द गर्न लागिएको सरकारको प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
सरकारको यस निर्णयलाई लिएर राजनीतिक वृत्तमा पनि फरक फरक धार देखिएको छ भने टिकटकबाट भाइरल भएकाहरूको प्रतिक्रिया पनि फरकफरक छ।
यसैबीच टिकटकबाटै भाइरल बनेकी अमरगढी नगरपालिका-८ लटाउलीको पवित्रा साँकी अर्थात् मिस पविले आफूले टिकटक बारे केही पनि नभन्ने प्रतिक्रिया दिएकी छन्।
समाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, ´मलाई टिकटक बारे केही भन्नू छैन्। यो पोष्ट हेरेपछि फोन, म्यासेज केही नगर्नु है।`
पविले अर्को स्टाटस हाल्दै लेखेकि छन्, ´सबभन्दा बढि बोलेका त भाइरल नभाका पो बोल्दा रहेछन्।`
टिकटक बन्द गर्ने सरकारको निर्णय पश्चात् धेरैले पविलाई मेन्सन गर्दै सोधेँका थिए। त्यसपछि उनले लेखेकी छन्, ´उफ्फ मेरो कती टेन्सन लेको हाै, मान्छेहरूले।`
उनी डोटेली भाषाको टिकटकबाट भाइरल भएकी थिइन्। भाइर पश्चात् दर्जनौ गीतमा अभिनय गरिसकेकी छिन् पविले। उनले डोटेली भाषालाई नेपालभर फैलाइनन् नै।
सुदूरपश्चिमको मौलिक सौन्दर्यलाई पनि लाखौंमाझ परिचित गराइन्। टिकटकस्टारको रुपमा चिनिएपछि मिस पविलाई काठमाडौंबाट म्युजिक भिडिओका अफर आउन थाले।
अहिलेसम्म उनले ४० भन्दा बढी म्युजिक भिडिओमा अभिनय गरिसकेकी छन्।