काठमाडौं : आतंकवाद प्रतिरोधबारे गृह मन्त्रालयमा गम्भीर छलफल भएको छ। मन्त्रालयले चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर आतंकवाद प्रतिरोध सम्बन्धी छलफल गरेको हो।
आज बिहान सिंहदरबारस्थित मन्त्रालयमा औपचारिक बैठक बोलाएर गृहले आतंकवाद प्रतिरोधका लागि आवश्यक तयारीलगायतका विषयमा सुरक्षा निकायका प्रमुखहरुसँग रणनीतिक छलफल गरेको हो।
गृहसचिव दिनेश भट्टराईको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराई, नेपाली सेना र तीनवटै प्रहरी संगठनका प्रमुखहरु सहभागी थिए।
नेपाली सेनाको तर्फबाट रथी सिताराम खड्का, नेपाल प्रहरीका आइजी वसन्त कुँवर, सशस्त्र आइजी राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सिआइबी प्रमुख किरण बज्राचार्य बैठकमा उपस्थित थिए।
Facebook Comments Box